सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।