प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । जारी बैठकमा उनीहरुबीच प्रधानन्यायाधीश सिफारिस लगायत विभिन्न बिषयमा कुराकानी भइरहेको जनाइएको छ ।

यसअघि आइतबार पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । संवैधानिक परिषद्को बैठक मंगलबार बोलाउने तयारी गरिएको छ । सो बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी पनि गरिएको छ ।