भारतीय रेलमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु

भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।पश्चिम रेलवेका अनुसार, सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली चलाएका थिए ।

पश्चिम रेलवेबाट प्राप्त जानकारीअनुसार आरोपी हवल्दारलाई हतियारसहित पक्राउ गरिएको छ । जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस (ट्रेन नम्बर १२९५६) को बी फाइभ डिब्बामा उक्त घटना भएको आरपीएफका अधिकारीहरूले बताएका छन् ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रेन नम्बर १२९५६ मा सोमबार बिहान ५ः२३ मा बी ५ कोचमा गोली चलेको खबर आएको थियो ।

अनुरक्षण (एस्कर्ट) सेवामा खटिएका सीटी चेतनले इन्चार्ज असई टीकाराममाथि गोली चलाएको पुष्टि भएको छ । रेल बीभीआईमा आइपुग्नु पहिले प्राप्त अग्रिम जानकारी अनुसार, असर्ईको अतिरिक्त अन्य तीन सर्वसाधारणको हताहती भएको पनि रिपोर्ट गरिएको छ ।

आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी असईलाई प्रहरीले समातेको छ र डीसीपी नर्थ गभर्नमेन्ट रेलवे प्रहरीलाई खबर गरिएको छ भने यसबारे थप विस्तृत रिपोर्ट अनुसन्धानपछि जानकारी गराइनेछ ।”