कोसी प्रदेशका मुख्यमन्त्री थापाको शपथग्रहण ५ बजे

काठमाडौं – नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका छन् । असार २१ मा मुख्यमन्त्रीमा नियुक्त भए पनि उनलाई सर्वोच्च अदालतले साउन ११ गते बिहीबार पदमुक्त गरेको थियो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नुभएका थापा प्रदेश संसदीय दलको नेता हुँदै प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्न सफल भए । कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति पनि थापा नै हुन् ।

यसअघि कोशी प्रदेशमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बाट मुख्यमन्त्री बनेका थिए । थापाको शपथग्रहण आज अपराह्न ५ बजे हुने भएको छ ।