एकैदिन ७ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाल बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामै ७ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ आज चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।