यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै शुक्रबार सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको जनाइएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ ।