आज पनि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं – बिहीबार पनि सुनको मूल्य बढेको छ । बुधबार तोलाको एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँले बढेर तोलाको एक लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।।