अध्यक्ष तिरुवाले गरे गरिव र विपन्न २० घर परिवारलाई खाद्यान्न सहयोग (फोटोफिचर)

कालिकोट । हिन्दुहरुको महान पर्व वडादशैँ घर आँगनमा नै आएका बेला कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ५ का अध्यक्ष मन तिरुवाले अति विपन्न परीवार लाई खाद्यान्न वितरण गरेका छन् । वडा दशै तथा शुभ दिपावलिको पावन अवसर पारी अध्यक्ष तिरुवाले अति गरिव तथा विपन्न २० घर परिवारलाई चिनी, चामल, तेल लगायताका खाद्यान्न समाग्री वितरण गरेका हुन् ।

अध्यक्ष तिरुवाका अनुसार वडा दशै, शुभ दिपावलि तथा छट पर्वमा हुने खानेहरुको तामझाम र रहन सहनले गरीव परीवारहरु तिहार तथा चाड पर्वको मुखमा निरासा भएर वस्नु पर्ने वाध्यतालाई समाधान गरी हुँदा खाने परीवारहरुको लागी दशै पर्व मनाउन खाध्यान्न सहयोग गरिएको हो । उनका अनुसार आगामी दिनमा पनि आफ्नो वडा वासी गरिव दिनदु:खीको सदैभ साथमा रहने प्रतिवद्धता जनाउँदै समग्र नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई समेत उनले शुभकामना अर्पण गरेका छन् ।

रास्कोट नगरपालिका वडा नं ५ का अध्यक्ष मन तिरुवा सामाजिक काममा पनि सक्रियता देखाउने व्यक्ति हुन् । उनले अन्य समयमा पनि आपत विपतमा परेका स्थानीयहरुको सुख दुखमा हातेमालो गर्दै आएका छन् । अध्यक्ष मन तिरुवाले खाद्यान्न वितरण गरेका यी दृश्यहरु हेर्नुहोस्