टिप्परको आवागमन खुला गरेकै दिन बढ्यो टिप्परको मनोमानी

काठमाडौँ । दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका ९ओभरलोड० टिप्पर सडकमा गुडेका थिए ।

तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

ओभरलोड गरेका टिप्परले डिपोमा लगी चुली झारेर सम्म बनाई ग्राहकलाई दिने गर्दछन् । चुलीमा गरिएको ढुवानी डिपोको अतिरिक्त कमाइ हुने गर्दछ । मङ्गलबार राति मात्र जिल्ला प्रहरी कार्यालय काभ्रेले १३ वटा त्यस्ता टिप्पर नियन्त्रणमा लिई कारबाही गरेको छ ।

क्जष्खबm ऋझभलत
लामो समयसम्म त्यस्तो कार्य नदेखेको प्रहरीले पनि दसैँअघि भने आक्रामक रूपमा कारबाही थालेको थियो । त्यसबेला दैनिक ८० भन्दा धेरै टिप्परले ल्याएको ओभरलोड कटिङ गरिरहेको थियो । प्रमाणसहित टिप्परलाई नियन्त्रणमा लिए पनि सामान्य कारवाही गरेर छाडिदिने गरेका कारण ओभरलोडको समस्या नरोकिएको स्थानीय यज्ञप्रसाद सापकोटाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ओभर लोड बोक्ने टिप्परको समस्या समाधानका लागि पूरै जनशक्ति केन्द्रित गरेर लागेको उल्लेख गरेको छ । कार्यालयका निमित्त प्रमुख वरिष्ठ सई राजेश दाहालले ओभर लोडको कटिङसँगै अधिकतम जरिवाना गर्ने गरेको उल्लेख गरे ।