नयाँदिल्ली, १६ कात्तिक भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनुका साथै सात जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
![](https://i2.wp.com/esajhakhabar.com/wp-content/uploads/2022/06/kads.gif?w=640&ssl=1)
बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।
“बिहीबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ”, सारणका जिल्ला अधिकारी अमन समिरले भन्नुभयो, “पौडी खेलर बचेका १० जना सुरक्षित छन् ।”
डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएको छ ।