डि.आर. कर्णाली हेल्थले कालिकोटमा गर्यो ६ वटा निःशुल्क स्वास्थ्य शिविर

डि.आर. कर्णाली हेल्थले हालसम्म कालिकोटमा ६ वटा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जसमध्ये खाँडाचक्र नगरपालिका वडा नं ११, शुभकालिका गाउँपालिका वडा नं १, २, र ३ मा निःशुल्क घरदैलो स्वास्थ्य अभियान संचालन गरेको छ। डिआर कर्णाली हेल्थ अस्पतालद्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ११ बदालकोट, खाँडाचक्र नगरपालिका वडा नं ५ घोडेना, खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाउँ र सान्नी त्रिवेणी गाउँपालिका वडा १ सेरिज्युला, सुभकालिका गाउपालिका वडा नं ४ राराकाटीया ठानागाउँ, खाँडाचक्र नगरपालिका वडा ९, पाँखा गाउँमा गरि जम्मा ६ निस्शुल्क स्वास्थ शिविर सम्पन्न गरेको अस्पतालका संस्थापक र कालिकोटका भुपू सभापति दिप बहादुर शाहीले जानकारी दिए ।

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित डिआर कर्णाली हेल्थ अस्पतालमा बिज्ञ डाक्टरहरुद्वारा निशुल्क ओपीडि सेवा र २४ घण्टा इमरजेन्सी सेवा संचालन हुँदै आएको छ । स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरुबाट स:शुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्स रे र मुटुको ईसीजी चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा डि.आर कर्णाली हेल्थ अस्पतालले कालिकोट जिल्लामा निस्शुल्क घर दैलो स्वास्थ्य सेवा र निशुल्क स्वस्थ्य शिविरहरु संचालन गर्दै आयको डि.आर. कर्णाली हेल्थ अस्पतालका चिकित्सक डा. अनिल भुसालले बताए ।

वर्षा ऋतु सकिए लगतै डिआर कर्णाली हेल्थ अस्पतालद्वारा कालिकोट जिल्लाका पालिका, वडा, बिद्यालय र स्वास्थ्य चौकीहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आयकोले ईच्छुक अध्यक्ष, उपाध्यक्ष, प्रधानाध्यापक र स्वास्थ्य चौकी प्रमुखहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोक अबस्थित डिआर कर्णाली हेल्थमा आबेदन दिन सक्नेछन् ।

त्यस्तै डि. आर. कर्णाली हेल्थ अस्पतालले १ नोवेम्बेर २०२३ बाट खाडाचक्र नगरपालिका, सुभाकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका र सान्नीत्रीवेणी गाउँपालिकामा आपतकालीन बिरामीको लागि घरमै आयर चिकित्सक सेवा प्रधान गर्ने व्यवस्था संचालनमा ल्याएको छ । डि.आर. कर्णाली हेल्थ अस्पतालका इन्चार्ज जर्मा कुमारी शाहीका अनुसार सेवा लिन चाहाने व्यक्तिले आवश्यक परेमा अस्पतालमा २४ सै घण्टा ३६५ दिनै सम्पर्क गर्न सक्नेछन् ।