आज एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानको प्रदर्शन

काठमाडौं । आज नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानले काठमाडौंमा प्रदर्शन गर्दैछ। काठमाडौंको बल्खु र तीनकुनेमा यी दुई समूहले कार्यक्रम गर्न लागेका हुन् ।

युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्नेछ भने प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्खुमा प्रदर्शन गर्न लागेको हो। यसअघि युवा संघले राके जुलुस गरेर कार्यक्रमको तयारी गरिसकेको छ ।

यी दुई समूहले एकैदिन प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा प्रदर्शन गर्न लोक लगाएको छ । यसैकारण यी दुई समूहले आज तीनकुने र बल्खुमा प्रदर्शन गर्ने भएका हुन् ।