अछामका १८ वर्षका चेतन डेढ महिनादेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको अपिल

कालीकोट । अछामका १८ वर्षका एक किशोर सम्पर्कविहिन बनेका छन् । अछामको पञ्चदेव विनायक नगरपालिका वडा नम्बर ५, साविकको लयाटी गाविस वडा नम्बर २ दानसैन टोलमा बस्ने बिर्ख बहादुर शाहीको १८ वर्षका छोरा सम्पर्क विहिन बनेको पञ्चदेव विनायक नगरपालिका वडा नम्बर ५ ले जनाएको छ ।

पञ्चदेव विनायक नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष हेम बहादुर शाहीद्धारा सोमबार जारी विज्ञप्तिका अनुसार चेतन कात्तिक ७ गतेदेखि हराइरहेका हुन् । उनी हराएसँगै परिवार ठूलो तनावमा परेको भन्दै उनलाई चिन्ने देख्ने जो कोहीले पनि ९७४४२९८००६ वा ९७४२२०३०७८ मा सम्पर्क गर्न सम्बन्धित सबैमा अपिल गरेको छ ।

यसैबिच जिल्ला प्रहरी कार्यालय अछामले हराइरहेका चेतनको खोजीकार्य भइरहेको जनाएको छ । चेतनको परिवारले पनि छोराको खोजी गरिदिन सबैमा अपिल गरेको छ ।