संकल्पयात्रामा अवरोध नगर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपील गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक संजालमार्फत मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन ।

उनले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले नेकपा एमालेलाई मात्र लक्षित गरि गरिने गतिविधि मान्य नहुने बताए ।

उनले यो नेकपा एमालेको विकास र समृद्धिसँग जोड्ने अभियान भएको बताए । उनले असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण ढंगले राख्नसमेत आग्रह गरेका छन् । एमालेको संकल्प यात्रा आज रामेछापबाट खोटाङ प्रवेश गरेको छ । कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेको कार्यक्रममा अवरोध गर्ने बताइरहेका छन् ।