जिल्ला प्रशासन कार्यालय कालिकोटबाट मगंलबार कुल १०७ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट मंगलबार कुल १०७ सेवाग्राहीले सेवा लिएका छन् । साताको तेस्रो दिन २६ वटा नयाँ नागरिकता जारी भएका छन् भने १० वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार मंगलबार मात्रै १० वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या १० रहेको छ । त्यस्तै ३५वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।त्यस्तै राष्ट्रिय परिचय पत्र लिनेको संख्या १ रहेको छ भने २ जनालाई सबारी पास बितरण गरिएको छ ।

मंगलबार नाबालक, संस्था दर्ता , संस्था नविकरणको सेवा ग्राहीको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । यसअघि आइतबार सेवा लिने सेवाग्राहीको कुल संख्या १७७ रहेको थियो ।