आजदेखि काठमाडौं महानगरमा खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने

काठमाडौँ – काठमाडौंमा आजदेखि खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि लागू हुने गरी ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो ।

आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । अब आजदेखि बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न यस्तो ऐन ल्याइएको बताएको छ ।