बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री महत

ललितपुर / अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।बिमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बिमा गरिसकेपछि भुक्तानी लगाएतमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

जोखिम न्यूनिकरण गर्नका लागि बिमाको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइनसकेको भन्दै उहाँले बिमा सचेतनाको आवश्यकता रहेको बताउनुभयो । बिमा गरिसकेकाहरुलाई आपत पर्दा विमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बिमा विस्तारमा अवरोध पुराउने उहाँको भनाइ छ । उहाँले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन सुझाव दिनुभयो ।बिमा सर्भेयरहरुले कुनै प्रभावमा नपरि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।