बुद्ध एयरको आकस्मिक ढोका खोल्ने एक यात्रु पक्राउ

काठमाडौं । बुद्ध एयरको विमानको आकस्मिक ढोका खोल्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीम परियार रहेका छन् । उनले बिहीबार बिहान पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेको बताइएको छ ।

ती व्यक्तिले आज बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंका लागि उड्न लागेको सो विमानको आकस्मिक ढोका खोलेका हुन्।विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ती व्यक्त्लिे आपत्‌कालीन ढोका खुलेका हुन् ।