अनमी तुलसा कुमारी विकलाई न्याय दिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मुगुको माग

कालीकोट । मुगुमा १ वर्षदेखि कार्यरत दागंकी अनमि तुलसा कुमारी विकलाई दलित भएकै कारण भाडामा लिइएको घरबाट निकाल्ने घरधनीको दिएको चेतावनीप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मुगुले आपत्ति जनाएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै मुगुको सोरु गाउँपालिका स्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसा कुमारी विकको सुरक्षाको ग्यारेन्टी सहित तत्कालै यस घटनाको सत्यतथ्य छानबिनका लागि दोषीलाई कारवाहीको माग पनि गरेको छ । महासंघले यस्ता घटनाले देशभरका स्वाथ्यकर्मीहरुलाई चिन्ता र असुरक्षीत महशुस समेत गराएको भन्दै दुख व्यक्त गरेको छ ।

महासंघले स्वास्थ्यकर्मीको जिउधनको ज्ञारेन्टी लिन प्रशासनसँग माग पनि गरेको छ । अनमी तुलसाले छोएको औषधि नखाने भन्दै अनमीलाई गाउँ स्थानीयले गाउँ निकाला गरेको समाचार केहीदिन अघि राष्ट्रिय तथा मोफसलका संचार संस्थामा समाचार आएको थियो ।