शुक्रबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट कुल ५० सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट शुक्रबार कुल ५० जना सेवाग्राहीले सेवा लिएका छन् । साताको छौटौदिन ८ वटा नयाँ नागरिकता जारी भएका छन् भने १०वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार बुधबार मात्रै ५ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ४ रहेको छ । त्यस्तै १५ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र लिनेको संख्या १ रहेको छ । त्यस्तै नाबालक संस्था दर्ता र संस्था नविकरण सबारी पास बितरणको सेवा ग्राहीको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।