बिहिबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट कुल ८६ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट बिहिबार कुल ८६ जना सेवाग्राहीले सेवा लिएका छन् । बिहिबार १५ वटा नयाँ नागरिकता जारी भएका छन् भने २१ वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार बिहिबार मात्रै १४ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ४ रहेको छ । त्यस्तै १५ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

बिहिबार राष्ट्रिय परिचय पत्र लिनेको संख्या २ रहेको छ । त्यस्तै सिफारिस बितरण १५ र सबारी पास लिने सेवाग्राहीको संख्या ३ रहेको छ । त्यस्तै नाबालक संख्या, संस्था दर्ता र संस्था नविकरणको संख्या शुन्य रहेको छ ।