शुक्रबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट कुल ५७ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट शुक्रबार कुल ५७ जना सेवाग्राहीले सेवा लिएका छन् । बिहिबार ८६ जना सेवाग्राहीले सेवा लिएको मध्ये शुक्रबार भने सेवा लिने सेवाग्राहीको संख्या घटेको हो । त्यस्तै बिहिबार ६ वटा नयाँ नागरिकता जारी भएका छन् भने ९ वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार शुक्रबार ९ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ५ रहेको छ । त्यस्तै १२ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

शुक्रबार राष्ट्रिय परिचय पत्र लिनेको संख्या १ रहेको छ । त्यस्तै सिफारिस बितरण १० र सबारी पास लिने सेवाग्राहीको संख्या ५ रहेको छ । त्यस्तै नाबालक संख्या, संस्था दर्ता र संस्था नविकरणको संख्या शुन्य रहेको छ ।