राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण

महाराष्ट्र शिव सेना (एकनाथ शिन्दे गुट) का नेताहरू, उदय सामन्त र सांसद श्रीकान्त शिन्देले शनिबार राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।”महाराष्ट्र र शिव सेनाका जनताको तर्फबाट महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना नेता एकनाथ शिन्देले राम मन्दिरका लागि १८ करोड रुपैयाँ प्रदान गर्नु भएको छ । । आज हामी चेक हस्तान्तरण गर्न आएका छौं,” राज्यमन्त्री उदय सामन्तले भन्नुभयो । सो अवसरमा श्री रामजन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत राईले चेक प्राप्त गर्नु खुसीको कुरा भएको उल्लेख गर्नु भएको छ ।

“यो खुसीको कुरा हो कि महाराष्ट्रका मन्त्री उदय सामन्त र शिवसेना (एकनाथ शिन्दे गुट) का सांसद् श्रीकान्त शिन्दे महाराष्ट्रका जनताको तर्फबाट ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्न आउनु भएको छ । सो रकम बैंकमा जम्मा गरिने छ।” उहाँले भन्नुभयो।सैबीच, महाराष्ट्रका पूर्व मुख्यमन्त्री र शिवसेना युबीटी प्रमुख उद्धव ठाकरेले आफ्नो पार्टीले जनवरी २२ मा राम मन्दिरको अभिषेक दिवसमा महाराष्ट्रको नासिक गोदावरी नदीको किनारमा ‘महाआरती’ गर्ने बताउनु भएको छ ।

अयोध्यामा रामलल्ला (शिशु भगवान् राम) को प्राण-प्रतिष्ठा (अभिषेक) समारोहका लागि वैदिक अनुष्ठान मूल समारोहको एक हप्ता अघिदेखि सक्रिय रहने छ ।
लामो समयदेखि विवादित रहेको भगवान् रामको मन्दिर निर्माणले यहाँ पछिल्लो समय पूर्णता पाएको छ ।