नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार चयन गरिने

काठमाडौँ । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। राष्ट्रियसभा उम्मेदवार चयन लगायतका बिषयमा छलफल गर्न बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

आज पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन गर्न बैठक बोलाएको एक नेताले जानकामरी दिए । कांग्रेसमा अहिले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद पनि रहेको छ ।

बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएको थियो । १९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका लागि कति सिट दिने निश्चितभएको छैन ।