तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो, यस्तो छ ३ दिनसम्मको मौसम पूर्वानुमान

काठमाडौं – आज हिमाली भू-भागमा हिमपात, तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै तराई भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।