कांग्रेसका पूर्वनिर्धारित कार्यक्रम तीन दिनका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । पार्टी केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो ।

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान स्थगित गरिएको छ । त्यस्तै महामन्त्री गगन थापाको मेची महाकाली संवाद यात्रा पनि स्थगित भएको छ ।