कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार

मान्म (कालीकोट)-कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको हेलिकप्टरमा उद्धार गरिएको हो ।

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पु¥याएका थिए । सुत्केरी हुन नसक्दा उहाँलाई   हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताउनुभयो । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उहाँले भन्नुभयो ।

सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताउनुभयो ।