मतदाताको शिर झुकाउने काम गर्दिनँ मन जित्नेगरी काम गर्छु :सभापति लामिछाने

भरतपुर (चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताउनुभएको छ । भरतपुरमा पार्टी कार्यकर्ताले सनिबार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् ।” उहाँले आफूलाई विश्वास गरेर मत दिएकामा धन्यवादसमेत दिनुभयो । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उहाँले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।“हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ । आज पनि पैसा तिरेर वनभोजमा सहभागी भएको छु ।”