भारतीय गाडीबाट सुनसरीमा एक करोड ८२ लाख नक्कली नोट बरामद

विराटनगर । प्रहरीले सुनसरीमा भारतीय नम्बरको गाडीबाट नक्कली ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ । गएराति प्रहरीले सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।

नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेका बेला सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो । पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।