भारतद्वारा मौसम सम्बन्धी जानकारी दिने उपग्रह प्रक्षेपण

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट उडेको थियो ।

उक्त गाडीले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले जानकारी दिएको छ । इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान तथा प्रकोप चेतावनीको लागि भूमि र समुद्र सतहहरूको निगरानीको लागि डिजाइन गरिएको हो ।

दुई हजार २ सय ७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ।