कांग्रेस नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा गरिएको हो ।

कार्यक्रममा नेता भण्डारीले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिन पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।

आगामी सोमबारदेखि सुरु हुने महासमिति बैठकको पूर्वसन्ध्यामा यो अभियान सुरु भएको हो । पार्टी सनातन हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा हस्ताक्षर संकलन गरि पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । सोमबारदेखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ ।