नेपाली नागरिकले अब भारतीय सिमकार्ड पाउने

काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायतका कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो । राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो !’ यसअघि भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो।

राजदुतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो!— Dr. Shankar P Sharma (@DrShankarSharma) February 20, 2024