सन्चितासँग रोमान्टिक बने विश्वराम कार्की

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । ‘कतिन्जेल बस्नु’ बोलको गीतको भिडिओ उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन जिवन बडुले गरेका हुन् ।

दिनेश डाँगीको निर्देशन रहेको भिडिओमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीलाई देख्न सकिन्छ । साथै भिडिओमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय रहेको छ । डेनिश खनालको छायांकन रहेको भिडिओ दिन्सन शाहले सम्पादन गरेका हुन् । भिडिओको युट्युवमा यो समाचार तयार पार्दासम्म २१ हजार दर्शकले हेरेका छन् ।