तस्विरमा हेर्नुहोस् विभिन्न सामुदायिक स्कुलमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण र छात्रवृत्ति हस्तान्तरणका दृश्य

काठमाडौं । सामाजिक संस्था राजेन्द्र अन्जना फाउन्डेशनले बिभिन्न जिल्लाका २१ वटा बिद्यालयहरुमा एकाउन्न लाख बराबरको शैक्षिक तथा खेलकुद सामाग्रीहरु र छात्रवृत्ति हस्तान्तरण गरेको छ । करिव १७ दिनमा देशका चार जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा शैक्षिक सतथा खेलकुद सामाग्री हस्तान्तरण लगायतका अन्य कार्यक्रम सम्पन्न गरिएको हो । देशमा आमुल परिवर्तनको लागी प्रथमतः ग्रामिण क्षेत्रमा बसोबास गर्ने दलित, अशहाय र निमुखा बाललालिकाहरुमाफ शिक्षाको ज्योति पुरयाउनुपर्छ भन्ने मान्यता फाउण्डेशनको रहेको छ । सोही मर्मलाई आत्मसात गर्दै शहरी क्षेत्रभन्दा भन्दा टाढा रहेका पर्वत, बाग्लुङ, स्याङ्जा र चितवन जिल्लाका ग्रामीण वस्तीका बिभिन्न बिद्यालयहरु र बिद्यार्थीहरुको आवश्यक्तासम्बन्धि बास्तविक वस्तुस्थितिको अध्ययनपश्चात ति विद्यालयमा सामाग्री हस्तान्तरण गरिएको हो । सोही क्रममा चेपाङ बिद्यार्थीहरुको बाहुल्यता रहेको चितवनस्थित पञ्चतेज ज्योती प्राथमिक बिद्यालयमा पनि भ्रमण गरी बिद्यार्थीहरुलाइ छात्रवृत्ति तथा शैक्षिक र खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

यसका साथै फाउण्डेशनद्वारा सहयोग प्रदान गरिएका स्याङ्जा, पर्वत र बाग्लुङ जिल्लाका १४ उच्च माध्यामिक बिद्यालयहरु विच शैक्षिक, साँस्कृतिक र प्राबिधिक क्षेत्रमा सञ्जाल खडा गर्ने उद्देश्यले सम्भवत जिल्लामा नै पहिलो पटक पैयुँ गाउँपालिका, पर्वतको समन्वयमा पर्वतको हुवास बहुमुखी क्याम्पसमा डिजिटल हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा स्याङ्जाको गल्याङ नगरपालिका स्थित शिवालय मा. वि. प्रथम, पर्वतको पैयुँ गाउँपालिका स्थित निर्मल जनसेवा मा. वि. द्वितिय, पर्वतको विहादी गाउँपालिका स्थित जनकल्याण मा. वि. बाच्छा तृतीय स्थान र पर्वतको पैयुँ गाउँपालिका स्थित जनसेवा संस्कृत मा. वि. सान्तवना प्राप्त गर्न सफल भएका थिए । विजेता बन्न सफल बिद्यालयहरुलाई क्रमशः रु. तीस हजार, बीस हजार, दश हजार र छ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरि स्याङ्जा जिल्ला अन्तरगत बलाम गुठीमा रहेको मन्दिर जिणर्ोद्वारको लागि पनि एकलाख पचास हजार हस्तान्तरण गरिएको थियो ।

यसरी बिभिन्न बिद्यालयहरु र बिद्यार्थीहरुलाइ आफै भेटेर बास्तबिक रुपमा जानकारी लिन पाउंदा, आफुले जानेबुझेका र अनुभव गरेका कुराहरु बाँडदा, शैक्षिक समाग्रीहरुको हस्तान्तरण गर्दा तथा प्रतियोगितामा सहभागी विद्यार्थी भाइबहिनिहरुलाई पुरस्कार वितरण गर्दा देखिने खुशिको क्षणले बिद्यार्थीहरुमा छुट्टै किसिमको उर्जा थपिएको, मनोवल बढेको महशुस भएको फाण्डेशनका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताए । उनले भने, यसले समग्र रुपमा बिद्यार्थीहरुको शैक्षिक स्तर सुधार्नमा ठुलो सहयोग पुग्ने आशा पनि गरेका छौं ।

ग्रामिण इलाकामा रहेका अति विपन्न, गरिव, असहाय, निमुखा र दलित बिद्यार्थीहरुको शैक्षिकस्तर सुधार गर्दै प्राविधिक शिक्षा दिन र स्वास्थ्य उपचारमा सहयोग गर्नको लागि एउटा स्तरीय छात्रावासको ब्यवस्था गर्नुको साथै स्थानीय महिलाहरुलाई तालिमको ब्यबस्था मिलाउन स्वरोजगार केन्द्र स्थापना गर्ने योजना पनि फाउण्डेशनको रहेको छ ।
केहि महिना अगाडी मात्रै अमेरिका मा ब्च्ऋ ँयच ल्भउब,ि नेपालमा च्बवभलमचब ब्लवबलब ँयगलमबतष्यल को नामबाट दर्ता भई सञ्चालनमा आएको गैरनाफामूलक संस्था बिधिवत रुपमा दर्ता हुनु अगाडी ब्यक्तिगत रुपमा राजेन्द्र अन्जना श्रेष्ठको नामबाट करिब १५ बर्ष अगाडी देखि नै स्थानीय बिद्यालय, क्याम्पस, मठ मन्दिर र शैक्षिक संस्थामा सहयोग प्रदान हुदै आएको थियो । सेवामार्फत प्राप्त हुने आत्मसन्तुष्टि नै जीवनको सवैभन्दा ठूलो आर्दश रहेको राजेन्द्र अञ्जना फाउण्डेशनका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।