काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र गोलभेँडा सनो लोकलको ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी गोलभेँडा सनो तराईको ७० रुपैयाँ कायम हुँदा आलु रातोको ४५, काउली स्थानीयको ६०, लौकाको ६०, तामाको १००, गान्टे मुलाको ८० रुपैयाँ कायम भएको छ ।

यसैगरी मौसमको १५०, जुनारको २६०, केरा दर्जनको १४०, अंगुर हरियोको १८० रुपैयाँ मूल्य कायम भएको समितिले जनाएको छ ।