यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठुलो भारतीयको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो लोकलको ३० रुपैयाँ, सेताे मुला ४० रुपैयाँ कायम रहेको छ ।

यसैगरी रातो आलुको ४७ रुपैयाँ ६० पैसा, प्याज सुकेको भारतीय ६७ रुपैयाँ, काउली स्थानीयको ५५, गाजर ३३ रुपैयाँ ३३ पैसा, टाटे सिमीको ९६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।