पशुपति क्षेत्र परिसरमा आयोजना हुन लागेको महायज्ञमा राधिका दासी र दिनबन्धु पोखरेलसहित यी चर्चित कथावाचकहरुको उपस्थिती रहने

पशुपति क्षेत्र परिसरमा आउने साउन महिनाभरी कोटिहोम महायज्ञ आयोजना हुने भएको छ। मानव सेवा फाउन्डेसन लगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञ महिना दिनसम्म चल्ने श्री मद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जीले जानकारी दिनुभयो । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गते सम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ। एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ।

यसअघि मानवसेवा फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुर्‍याउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ। अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास , वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ। सो आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएको विजय कृष्णमूर्ति जी महाराजले जानकारी दिनुभयो ।

त्यस्तै बेसाहरा , पीडित , दुखी , गरिबर आधारभूत अवश्यकताबाट बन्चित करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन्। हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ। काईत्रममा सयौ गुरुहरु, कलाकारहरु तथा अतिथिहरुको भोजन प्रसादको ब्वास्थापन भने सुमार्गी भवन क्षेत्रमा गरिनेछ । सुमार्गी भवन बाहिर दाँया बाँया खालि स्थानमा एका तर्फ राष्टिृय भजन प्रतियोगिता जस्ता बिभिद सास्ंकृती कार्यक्रमहरु आयोजना र आम श्रदा भक्तालुहरुको लागि बिषेश प्रसादको ब्वस्था गरिनुको साथै रक्त दानको पनि का्रर्यक्रम पनि गरिने छ भने अर्को तर्फ १ करोड पार्थिप शिव लिङग निर्माण गरि १ करोड बेलपत्र दुरा शिव पुजन गरिने कार्यक्रम पनि रहेको छ । त्यस्तौ देश बिदेशमा रहनु हुने आम नेपालीहरुको शुख शान्ति र समृदिको कामना गर्दै बागमती किनार छेत्रमा २१ करोड दिप पनि प्रज्वलन गरिनेछ । माहा यज्ञमा आउने गुरुहरु , कलाकारहको अतिथिहरु आम भक्तजनहरुलाई बसने बिषेश ब्वस्था पाशुपती आसपासका धर्मशाला क्षेत्रमा गरिएको छ ।

जसका लागि असार २२ गते बिहान ११ बजेदेखि बाइक र्यालीको आयोजना गरिने छ भने असार २४ गते ट्याक्सी र्यालीको आयोजना गरिनेछ । त्यस्तै असार २६ गते बिहान ११ बजे नै रिक्सा र्यालीको आयोजना गरिनेछ । असार २७, २८ र २९ गते पक्रपथ पैदल यात्राको आयोजना गरिएको मानव सेवा फाउण्डेसनले जनाएको छ । मानव सेवा फाउण्डेसनका अनुसार असार ३० गते बिहान ११ बजे साइकल र्यालीको आयोजना गरिनेछ । त्यस्तै विशाल शोभा कलश यात्रा भने असार ३१ गते बिहान ७ बजेको समयमा आयोजना गरिने फाउण्डेसनले जनाएको छ । त्यस्तै महायत्र समुद्धघाटन श्रावण १ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । महायत्र समुद्धघाटन हुनु अघिल्लो दिनसम्म असार १ गतेदेखि असार ३१ गतेसम्म बुलुका ६ बजेदेखि ७ बजेसम्म मोटरसाइकल र्याली गर्दै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।