सार्वजनिक भयो ‘झमकबहादुर’को ‘मृग नयनी’

साउनको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘झमकबहादुर’मा समावेश ‘मृग नयनी तिम्रो आँखामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापालाई फिचरिङ गरिएको छ । गीतमा मेलिना राई र ओम सुनारको स्वर, तीर्थ दामलीको शब्द छ ।

जीवन थापाको नृत्य निर्देशन रहेको यो गीतको छायांकन चितवन, पोखरा र काठमाण्डौमा गरिएको हो । चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, रवि महर्जन लगायतका कलाकारको मुख्य भूमिका छ । पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन, राजु किरातको एक्सन रहेको यो चलचित्रका निर्माता मिन कुमार तामाङ हुन् ।

भोमन कटुवालले चलचित्रको निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक भएसँगै साउथ चलचित्र ‘मुम्बई एक्सप्रेस’बाट कपि गरिएको भन्दै यसको चर्को आलोचना भएको थियो ।