गायिका सीतामाथि जेठानीले खुकुरी हानिन

काठमाडौ । आफ्नै आफन्त (जेठानी)ले लोकदोहोरी गायिका सीता थापा माथि खुकुरी प्रहार गरेकी छिन् ।

थापा माथि आफ्नै घरमा आफ्नै (जेठानी)ले खुकुरी प्रहार गरि सांघातिक आक्रमण गरी घाइते बनाएको बताइएको छ ।

उनको टाउको, हात, खुट्टामा धारिलो हतियारको गहिरो चोट रहेको छ ।

थापाको हाल अल्का अस्पताल ललितपुरमा उपचार भैरहेको छ ।

घरायसी किचलोको कारण उनलाई खुकुरी प्रहार गरिएको समाचारमा जनाइएको छ ।

थापा लोक दोहोरी प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष हुन् ।