यसरी एकजुट भए बिभाजित नेपाली

वाशिंगटन डिसी । अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपालीहरु एकजुट भएका छन् । गत जुलाई २९ तारिख आइतबारका दिन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आफ्नै सामुदायिक भवनमा ऐक्यबद्धता भएको सार्बजनिक रुपमा घोषणा गरिएको छ ।

ऐक्यबद्धताको बिशेष प्रयास तथा खास पहल महावाणिज्यदूत प्रेमराजा महतले गरेका थिए भने बाचन प्रविण दिनबन्धु पोखरेलको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्त, बानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, बानाका पूर्वअध्यक्ष कुलमणि आचार्य, एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेल, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका सहायक महामन्त्री तथा समाजसेवी प्रेम श्रेष्ठ, समाजसेवी डा. श्याम कार्की, हिन्दु बुद्ध मन्दिरका क्रिस घिमिरे, समाजसेवीद्वय तरुण पौडेल तथा बिनोद उप्रेती लगायतको भूमिका पछि एकता कायम हुन सकेको हो ।

नेपालबाट हिन्दु बुद्ध मन्दिरको लागि महापुराणको लागि आएका बाचन प्रविण दिनबन्धु पोखरेललाई बानाले आफ्नो भवन खरिद गरे पछि आˆनै भवनमा स्वागत तथा सम्मान हेतु राखेको कार्यक्रम बीच एकता कायम भएको छ । यस सन्देशले बाल्टिमोर बासीमा खुशीको लहर छाएको छ । हिन्दु बुद्ध मन्दिरले आयोजना गरेको महापुराण को दोश्रो दिन जुलाई २९ तारिखको दिन हिन्दु बुद्ध मन्दिर बाना बीच ऐतिहासिक दिन भएको छ । हिन्दु बुद्ध मन्दिरको महापुराण जुलाई २८ देखि अगस्त ३ तारिख सम्म हुनेछ ।

बाल्टिमोर क्षेत्र वरपर लामो समयदेखि बस्दै आएका सामाजिक अभियन्ता, समाज सेवी, अगुवा, विभिन्न संघ संस्थामा नेतृत्व लिइसकेका विभिन्न पेशामा संलग्न व्यक्तिहरु एकै थलोमा बसेर बढेको दुरीलाई अन्त्य गरेका छन् । मन भिन्नता नरहेता पनि केहि मत मात्र भिन्नताको कारण बढेको दूरी सदाका लागि स्थायीरुपले सकिएको छ ।

अमेरिकामा स्थापित संघ/संस्था विभाजित हुँदै गरेको अवस्थामा बाल्टिमोरको छाता संगठन बानाले सबैलाई एउटा मालामा बुन्न सफल भएको छ । बाल्टिमोरबासीले देखाएको एकताले विश्वभर रहेका सबै नेपाली तथा संघसंस्थालाई समेत सकारात्मक सन्देश दिने विश्वास गरिएको छ ।

मन्दिर र सामुदायिक भवनको विषयमा फरक मतको कारण केहि समयको लागि मिल्न नसकेका मन र मत समेत अब मिलेका छन् । महावाणिज्यदूत प्रेमराजा महतले एकता कायम गर्न र हिन्दु बुद्ध मन्दिरलाई सहयोग गर्न आह्वान गरेपछि पण्डित दिनबन्धु पोखरेलले सबैलाई रातो टीका लगाइदिएर आशिर्बाद दिएका थिए ।