जोशी नै प्रधानन्यायाधीश बन्नु पर्छः  गच्छदार

विराटनगर । प्रधानन्यायाधीशको सिफारिसमा दिपकराज जोशीलार्इ गरिए पनि जोशीको बारेमा अहिले व्यापक आलोचना भैरहेता पनि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग राखेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको उल्लेख गरे । ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले आएर विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग राखेका छन्  ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनुवाई समितिमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति हुनुपर्ने माग गरेका हुन् । कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले न्यायपालिका र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गर्ने नीति लिएर अघि बढेको भन्दै कांग्रेसलाई स्वीकार्य नहुने बताए ।