कालीकोटका हरेक घरमा स्टिगर टाँस्ने अभियान सुरु

कालिकोट । जिल्ला प्रहरी कार्यालय,कालिकोटले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान आइतबारदेखि सुरु गरेको छ। जिल्लामा प्रहरी र नागरिकबिच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँच सहज बनाउन यो अभियान प्रहरीले आइतबारबाट सुरु गरिएको र त्यसका लागि घरमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेको बताइउको छ ।

यस अभियानबाट कुनै पनि नागरिकले प्रहरीसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्ने विश्वास प्रहरीको छ। स्टिकरमा प्रहरीको टोल फ्री नम्बर,सूचना अधिकारीको नम्बर र जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ। नागरिकले कुनै घटना भए सिधा यी नम्बरमा सम्पर्क गरेर प्रहरीलाई जानकारी दिन सक्नेछन्।

छोटो समयमा नागरिकबाट प्रहरीले घटनाको जानकारी पाउँदा समयमै प्रहरी घटनास्थल पुग सहयोग पुग्ने प्रहरी कार्यालयले जनाएको छ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले प्रहरीको यो अभियानले घटनामा कमी आउनुका साथै भएका घटनाको विवरण तत्काल प्रहरीमा पुग्ने विश्वास व्यक्त गरे।

कालीकोट जिल्ला सदरमुकाम लगायत सबै पालिकाका केन्द्रहरु र अन्य प्रहरी इकाई रहेको वडा एरियामा समेत उक्त कार्य आजैबाट सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट नगरपालिकाका उपमेयर मनिराज बरालका अनुसार यो कदमले राम्रो प्रतिक्रिया पाइरहेको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको सहभागीतामा सम्पनन भएको थियो । जसका लागि प्रतिमा चोक मान्ममा ठूलो संख्यामा स्थानीयको उपस्थिती रहेको थियो ।