कर्णालीमा माओवादीबाट रणसिंह परियार मन्त्री बन्ने

कर्णाली । कर्णाली प्रदेश सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ । आज मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले पहिलो् चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन ।

हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए । आज विहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।