एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

काठमाडौँ, २७ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्कनुभएको छ ।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।