एनएमबि क्यापिटलको म्युचुअल फण्डको यस्तो प्रगति विवरण

एनएमबि क्यापिटलको दुई म्युचुअल फण्डहरुको प्रति इकाई खुद मूल्यमा गिरावट आएको छ । गत जेठको तुलनामा असारमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -१ को २० पैसा तथा एनएमबि हाईब्रिड फण्ड एल -१ को प्रति इकाई मूल्य ५ पैसाले घटेको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को असार मसान्तमा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ १८ पैसा रहेको छ । जुन जेठको तुलनामा २० पैसा कम हो । गत जेठ महिनामा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ ३८ रुपैयाँ रहेको थियो ।

फण्डमा असार महिनामा दश करोड दश हजार रुपैयाँ नोक्सानीमा छ । जेठ महिनामा ८ करोड ५१ लाख नोक्सानीमा थियो । जेठ महिनामा भन्दा असार महिनामा एक करोड ४८ लाख रुपैयाँले नोक्सानी बढेको हो ।

फण्डले ६० वटा सूचीकृत कम्पनीहरुमा ४० करोड ९६ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । त्यसमध्ये सबै भन्दा धेरै १७ वटा वाणिज्य बैंकहरुमा १५ करोड ३ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।

एनएमबि हाईब्रिड फण्ड एल

एनएमबि हाईब्रिड फण्ड एल -१ को जेठको तुलनामा असारमा ५ पैसाले प्रति इकाई खुद मूल्यमा गिरावट आएको छ । जेठमा १० रुपैयाँ ४२ पैसा रहेको फण्डको प्रति इकाई खुद मूल्य असारमा १० रुपैयाँ ३७ पैसामा झरेको छ ।

असारसम्ममा फण्ड एक करोड ६५ लाख ४ हजार रुपैयाँ नोक्सानीमा छ । जेठ महिनामा ८१ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा थियो । असारमा फण्डको नोक्सनी ८३ लाख ४० हजार रुपैयाँले बढेको छ । ६४ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको फण्डले यस अवधिमा दुई करोड २९ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ ।

असार मसान्तसम्ममा कुल ८७ करोड ७४ लाख २५ हजार रुपैयाँ लगानी गरेको फण्डले सबै भन्दा धेरै स्थिर आय उपकरणमा ५४ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४९ वटा सूचीकृत कम्पनीहरुमा २४ करोड ७६ लाख ५० हजार रुपैयाँ, ऋणपत्रमा ८ करोड ५० लाख रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा ४७ लाख ७५ हजार रुपैयाँ लगानी छ ।