भाइले गरे दाजुको वंश विनास

राजविराज । सुन्दा पत्यारा नलाग्ने तर साँचो घटना घटेको छ । सप्तरीको राजविराज नगरपालिका–१५, मुसहरनियाँमा भाइले आफ्नै दाजुको सिंगो परिवारको हत्या गरेको तथ्य सार्वजनिक भएको छ । नागरिकता बनाउने विषयमा विवाद हुँदा छिमेकीहरुसँग मिलेर भाइले दाजुको परिवारकै हत्या गरेको प्रहरीले जनाएको छ ।

४५ वर्षीय ‘मुर्जा’ भनिने पञ्चदेव साहले छिमेकीहरुसँग मिलेर दाजु ५३ वर्षीय सूर्यनारायण साह, उनकी गर्भवती पत्नी १७ वर्षीया वेचनीदेवी साह र ।दुई वर्षीय छोरी प्रतिभा साहको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न पञ्चदेवसहित ३७ वर्षीया प्रमिलादेवी साह, छिमेकीहरु २४ वर्षीय धर्मेन्द्र साह, ५० वर्षीय ‘थापा’ भनिने जीवन साह र ३६ वर्षीय सत्यनारायण साहलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

गत जेठ ३१ गते राति वेचनीको शव घरनजिकै रहेको ट्वाइलेटको सेफ्टीट्यांकीभित्रबाट बरामद भएको थियो । प्रहरीले

अनुसन्धान गर्ने क्रममा भाइकै संलग्नतामा दाजुको सिंगो परिवारको हत्या भएको रहस्य खुलेको थियो ।

हत्या गरेर सूर्यनारायण र उनकी छोरी प्रतिभाको शव कोसी पश्चिमी नहरको खाँडो ‘साइफन’मा गाडेको बयान पक्राउ परेकाहरुले दिएको प्रहरीले जनाएको छ । उनीहरुको बयानका आधारमा शव उत्खननको प्रयास भइरहेको छ तर, नहरमा अत्यधिक पानी रहेका कारण उत्खनन् गर्न नसकिएको सप्तरी प्रहरीले जनाएको छ