नेपाली युवतीद्वारा साइप्रसमा आत्महत्या 

काठमाडौँ । केही समय अघि मात्र साइप्रस पुगेकी दमक, झापाकीस्थित २८ वर्षिया निशा राईले जुलाई २० तारिखमा आत्महत्या गरेकी छिन् ।

साइप्रसको लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मृत्यु भएको उल्लेख रहेको गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्लले जानकारी दिए ।

निज रार्इको शबलाई नेपाल पठाउन होनारी कन्सुलेट र इजरायलस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको समेत अध्यक्ष मल्लले जानकारी दिए । शब पठाउन लाग्ने खर्चको बिषयमा बिमा कम्पनीसँग छलफल भइरहेको समेत जनाए ।