बक्स अफिस त लागू भयो, तर छैन कुनै डाटा

काठमाडौं । नेपाली फिल्म क्षेत्रलार्इ सुधार गर्न गत साउन देखि बक्स अफिस लागू भएको पनि करिव दुर्इ हप्ता वितिसकेको छ । तर बक्स अफिस नाम मात्र सावित भएको छ, काम भने भएको देखिदैन । अहिलेसम्म कुनै डाटा तैन । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको बक्स अफिस काठमाडौं उपत्यकामा लागू गरिए पनि यसको कार्यान्वयनमा भने थप चुनौती देखिएको छ । प्रदर्शनमा आएका चलचित्रको हिसाब–किताव कति हो ?  अहिलेसम्म जानकारी आउन सकेको छैन ।

बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डितले भने अहिले नै फिल्मको लाइभ डाटा हेर्न असम्भव रहेको बताए । पछिल्लो समय प्रदर्शना आएका चलचित्रले पुरानै शैलीमा आफ्नो चलचित्रले यति कमायो, उति कमायो भनेर हल्लाकै भरमा चलचित्रको कारोबार सार्वजनिक गरेको देखिंन्छ ।

साउन १ गतेबाट राजधानीका २० हलमा बक्सअफिस लागू भएपछि राहत महशुस गरेका निर्माताहरु भने बक्स अफिस लागू भएको शुरुवाती चरणबाट सन्तुष्ट बन्न सकेका छैनन् । बक्स अफिस लागू भएपछि निर्माताहरु हलवाला र वितरकको ठगाईमा नपर्नेमा विश्वास उनीहरुले लिएको भए पनि काम तीव्र रुपमा नहुँदा पुरानै शैली दोहोरिनेमा उनीहरुले आशंका गरेका छन् । बक्स अफिस प्रणाली लागू भएपनि निर्माताहरुले आफ्नो फिल्मको लाइभ डाटा हेर्न नपाएको गुनासो छ ।