आज मन्त्रीपरिषद बैठक बस्दै, यस्तो छ प्रधानमन्त्रीको थप कार्यक्रम

काठमाडौं, ९ जेठ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।आज मंगलवार अपराह्न ४ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्  ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।