संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन हुने वा नहुने विषयमा निर्णय गर्न उक्त समितिको बैठक बसेको हो ।  आज बिहान १० बजेका लागि बोलाइएको उक्त बैठक केही बेरमै सुचारू हुनेछ ।

जोशीको नाममा नक्कली शैक्षिक प्रमाणपत्र रहेको, संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको उचित जवाफ नदिएको र उनको इजलाशले गरेका फैसलाहरुका बारेमा पनि व्यापक आलोचना भएपछि सुनुवाइ समितिमा अनुमोदन गर्न नहुने तर्क उठिरहेको छ ।

१५ सदस्य रहेको संसदीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का १ र संघीय समाजवादीका १ सदस्य छन् । जेष्ठ सदस्यको रुपमा राजपाका लक्ष्मणलाल कर्णले संयोजकको भूमिका निर्वाह गर्नुभएको छ । जोशीलाई अस्वीकार गर्नका लागि दुई तिहाइ अर्थात १० सदस्य पुग्नु आवश्यक छ । नेकपा र संघीय समाजवादी सरकारमा रहेकाले अस्वीकार गर्ने अवस्था आएमा दुई तिहाइ पुग्ने निश्चित देखिंन्छ ।